दक्षिण कोरियाले उत्तर कोरियाद्वारा प्रक्षेपण गरिएको हाइपरसोनिक( आवाज भन्दा पनि छिटो) क्षेप्यास्त्र परीक्षणको क्रममा विस्फोट भएको स्पष्ट पारेको छ ।
मध्य आकाशमै विस्फोट भएको संयुक्त सेनाका प्रमुखले बताए।
प्योङयाङले अर्को फोहोर बोकेका बेलुनहरू दक्षिण कोरिया पठाएको केही घण्टापछि प्रारम्भिक प्रक्षेपण भएको थियो ।
यस पटक दक्षिण कोरियाको इन्चेन विमानस्थल भित्र र बाहिर उडानहरू तीन घण्टाको लागि रोक्न बाध्य पारिएको थियो।
उत्तर कोरियाको राजधानी प्योङयाङ तथा वरपरको क्षेत्रबाट बिहान ५:३० बजे क्षेप्यास्त्र उडेको थियो ।दक्षिण कोरिया र अमेरिकी गुप्तचर निकायले विस्तृत विश्लेषण गरिरहेको सिविएसन्यूजले जनाएको छ ।
अधिकारीहरुले हाइपरसोनिक क्षेप्यास्त्रहरु जस्तो देखिने परीक्षणको करिब १५५ माइलको यात्रापछि असफल भएको बताएका छन ।
प्रतिक्रिया