अमेरिकाको विभिन्न राज्यहरुको ३० वटा चलचित्र मन्दिरमा गाउँ आएको बाटो प्रदर्शन हुदै

इनेप्लिज २०८१ असार ७ गते १:०४ मा प्रकाशित

अमेरिकाको विभिन्न राज्यहरुको ३० वटा चलचित्र मन्दिरमा गाउँ आएको बाटो प्रदर्शन हुने भएको छ ।

गाउँ आएको बाटो’ गाउँको कथा बोलेको चलचित्र हो । नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईको मुख्य अभिनय छ बाबुछोरोको कथामा निर्माण भएको चलचित्र मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानर(ध्वजा)मा निर्माण गरिएको हो ।

अमोद राई र निर्देशक सुब्बा निर्माता रहेको फिल्मको पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्यमा तयार गरेका हुन् ।

चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार राइट्स सेभेन सिजले खरिद गरेको छ भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।

निर्देशक नवीन सुब्बा तथा अभिनेता दयाहाङ राई गत बुधबार अमेरिका आएका छन् । उनीहरु नेपाल अमेरिका चलचित्र महोत्सवको लागि आएका हुन्। अमेरिकाको लागि यो चलचित्र नेपाल ११ इन्टरटेन्टमेन्टले ल्याएको हो भने मल्को एपको प्रस्तुति रहेको छ ।

अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन गर्न चाहनेहरुको लागि आरक्षण बुकिङ्ग )खुला भएको छ । टिकट खरिद फनडाङ्गो डटकमबाट गर्न सकिने नेपाल ११ इन्टरटेन्टमेन्टका प्रमुख प्याट्रिक सुबेदीले ईनेप्लिजलाई बताए ।

टिकट खरिद गर्न यहाँ थिच्नु होला :

https://www.fandango.com/a-road-to-a-village-2023-236654/movie-overview

प्रतिक्रिया