युक्रेनी सेनाद्वारा रुसी बिमान माथि सयौ माइल टाढाको हवाई अड्डा गएर आक्रमण

इनेप्लिज २०८१ जेठ २८ गते १८:३९ मा प्रकाशित

युक्रेनी सेनाले रुसी बिमान माथि सयौ माइल टाढाको हवाई अड्डा गएर आक्रमण गरेको जनाएको छ ।

युक्रेनले आइतवार आफ्नो सेनाले  करिब ३७० माईल टाढाको एयर बेस( सैनिक अड्डा)मा  तैनाथ अति-आधुनिक रूसी लडाकु विमानलाई प्रहार गरेको जनाएको छ।

कीभको मुख्य सैन्य गुप्तचर सेवाले भू-उपग्रहका तस्बिरहरू साझा गरेको छ र आक्रमणको परिणाम देखाइएको छ। 

 युक्रेनको पहिलो ज्ञात सफल आक्रमण दुई वटा यन्त्र भएको एसयु ५७ लडाकु बिमानमा प्रहार गरेको सिविएस न्यूजले जनाएको छ ।

मस्कोको सबैभन्दा उन्नत लडाकु विमानको रूपमा प्रशंसा गरिन्छ।

 युक्रेनको रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशानालयका अनुसार शनिबार दक्षिणी रुसको अख्तुबिन्स्क बेस( सैनिकअड्डा)मा अग्रपॅक्तिबाटै करिब ३६६ माइल टाढा आक्रमण भएको थियो।

प्रतिक्रिया