बेपत्ता भएका बेलायती दूरदर्शन (टेलिभिजन)का प्रस्तोता ,पत्रकार ,निर्माता तथा लेखक माइकल मोस्लेको शव ग्रीक टापुमा फेला परेको एबिसीन्यूजले जनाएको छ ।
बेपत्ता भएका बेलायती दूरदर्शन (टिभी )प्रस्तोता डा. माइकल मोस्लेको परिवारले उनको शव ग्रीक टापुमा भेटिएको पुष्टि गरेको छ ।
बेपत्ता भएका बेलायती कार्यक्रम प्रस्तोता तथा लेखक डा. माइकल मोस्लेको शव एक दिनको लामो खोजी पछि आइतबार बिहान ग्रीक टापुमा फेला परेको उनको परिवारले जनाएको छ।
गत बुधवार दिउँसो सिमी टापुमा बेपत्ता भएका मोस्लेलाई स्थानीय नगर प्रमुख तथा पत्रकारहरू सहितको एउटा डुङ्गामा सवार मानिसहरुले तटको असहज भागको एउटा चट्टानमा फेला पारेका थिए ।
श्रीमानले पदयात्रामा गलत बाटो लिनुभयो र आफ्नो शरीर सजिलै देख्न नसक्ने ठाउँमा जानु भयो ,मोस्लेकी श्रीमतीले भनिन् । ६७ वर्षीय मोस्ले बीबीसीमा आफ्ना धेरै कार्यक्रमहरू चलाउथे ।
साथै बेलायतको चर्चित पत्रिका डेली मेल पत्रिकामा आफ्नो स्तम्भका कारण बेलायतमा चर्चित थिए। उनी बेलायत बाहिर उनको २०१३ को पुस्तक “द फास्ट डाइट” नामक पुस्तक निकै चर्चित थियो । उनले कार्यक्रम मार्फत छिटो तौल घटाउने कार्यक्रम ल्याए र आहार र व्यायामको बारेमा धेरै ब्यदृश्यहरू बनाए।
मोस्ले आफ्नी श्रीमती सहित चार सन्तानका पिता थिए। जो एक लेखक र स्वास्थ्य स्तम्भकार पनि हुन्।
प्रतिक्रिया