युरोपेली चुनावी सर्वेक्षणमा अति दक्षिणपन्थीलाई पराजित गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले तत्काल संसदीय निर्वाचनको आह्वान गरेका छन् ।
म्याक्रोनले देशको संसद राष्ट्रिय सभा भंग गरेका छन् । खसेको मतदान अनुसार आफ्नो पुनर्जागरण दल (रेनासन्स पार्टी )आइतवारको युरोपेली संसदीय चुनावमा अति दक्षिणपन्थी विपक्षीद्वारा पराजित हुने देखिए पछि तत्काल चुनावको आह्वान गरेका हुन् ।
प्रारम्भिक अनुमानहरू पछि अति दक्षिणपन्थी नेसनल र्याली (आरएन) दलले ३१.५ मत प्राप्त गर्दै शीर्षमा स्थानमा आएको छ । रेनासन्सको भन्दा दोब्बर मतमा अगाडी छ । रेनासन्स १५.२ % मत प्राप्त गर्दै दोस्रो स्थानमा पुगेको छ भने समाजवादीले १४.३ मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेको छ ।
झरेको मत प्रकाशन पछि एक भाषणमा आरएन नेता जोर्डन बर्डेलाले म्याक्रोनलाई फ्रान्सेली संसद भंग गर्न आह्वान गरेका थिए । वर्तमान सरकारको लागि यो अभूतपूर्व पराजय एक चक्रको अन्त्य हो ,बर्डेलाले आरएनको मुख्यालयको भिडमा दर्शकलाई भने ।
एक घण्टा भित्र म्याक्रोनले राष्ट्रिय सम्बोधन गर्दै फ्रान्सेली तल्लो सदन विघटन गर्ने र संसदीय चुनाव गर्ने घोषणा गरेका थिए । पहिलो चरणको चुनाव जुन ३० मा र दोस्रो चरणको चुनाव जुलाई ७ मा हुने म्याक्रोनले घोषणा गरे ।
मेरा प्यारा देशबासीहरू तपाईहरु भरोसा राख्नुहोस्। फ्रान्सेली जनता सबैभन्दा न्यायपूर्ण निर्णय लिन सक्नेछन् ,फ्रान्सेली राष्ट्रपतिले सम्बोधनमा भने ।
फ्रान्सेली प्रणाली अन्तर्गत संसदीय चुनाव तल्लो सदन राष्ट्रिय सभाको लागि ५७७ सदस्यहरू चयन गरिन्छ। सन् २०२२ मा भएको संसदीय चुनावमा म्याक्रोनको दल सहितको गठबन्धन समग्र बहुमतबाट चुकेको भएता पनि अन्यत्रबाट मद्दत लिन बाध्य भएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया