निकी मिनाज एम्स्टर्डममा गिरफ्तार ,आफू गिरफ्तार भएको स्वयमद्वारा प्रत्यक्ष प्रसारण ,पछि हिरासत मुक्त

इनेप्लिज २०८१ जेठ १४ गते ०:०६ मा प्रकाशित

अमेरिकी र्‍यापर तथा गीतकार निकी मिनाजलाई नेदरल्याण्डको राजधानी एम्स्टर्डममा गिरफ्तार गरिएको छ । उनले आफू गिरफ्तार भएको स्वयमद्वारा प्रत्यक्ष प्रसारण गरिन ।

उनलाई गिरफ्तार गरिए पछि बेलायतको म्यानचेस्टरमा गत शनिबार राती तय भएको निकी मिनाजको कन्सर्ट(साँगितिक )समारोह स्थगित गरियो । उनले सबैसँग क्षमा मागेकी छिन् ।

मिनाजलाई हिरासतमा राखिएको श्रब्यदृश्य (भिडियो इन्स्टाग्राम)प्रत्यक्ष रुपमा सामाजिक संजालमा प्रकाशित गरिएको थियो। मिनाजलाई गत शनिबार एम्स्टर्डमको सिफोल विमानस्थलबाट प्रहरीले पक्राउ गरेको डच राष्ट्रिय प्रहरी स्रोतले एबीसी न्यूजलाई पुष्टि गर्‍यो।

डच प्रहरीले एक विज्ञप्तिमा भनेको छ, प्रतिबन्धित नरम लागूपदार्थको साथमा एक ४१ वर्षीया महिलालाई देश छोड्न खोजेको आरोपमा पक्राउ गरिएको र प्रहरी सँस्थाले पछि उनलाई हिरासतबाट रिहा गरिएको बताएको छ ।

सार्वजनिक अभियोजन सेवासँग परामर्श पछि संदिग्ध(अर्थात् निकी )लाई जरिवाना गरिएको थियो । उनीले आफ्नो यात्रा जारी राख्न सक्छन भन्दै डच प्रहरीले सामाजिक संजाल एक्समा प्रकाशित गरेको थियो ।

शनिबार इङ्गल्याण्डको म्यानचेस्टरमा मिनाजको निर्धारित साङ्गितिक प्रस्तुति स्थगित गरिएको थियो।

उनले आफू किन गिरफ्तारीमा परेको भन्ने बारेमा प्रहरी अधिकारीलाई सोधेकी थिइन् ।

नेदरल्याण्ड्सको प्रहरीले उनको झोलामा गाँजा फेला पारेको एबिसीन्यूजले समाचार लेखेको छ । श्रब्यदृश्य( भिडियो)मा एक प्रहरी अधिकारीले मिनाजलाई “लागूऔषध” बोकेको आरोपमा गिरफ्तार गरिएको र उनलाई प्रहरी चौकीमा लैजान सकियोस् भनेर उनीहरूको गाडीमा चढ्न निर्देशन दिइयो भनी सुनिएको छ।

मिनाजले म त्यहाँ जान्न र मलाई वकिल चाहिन्छ भन्ने जवाफ दिएकी थिइन् ।

प्रतिक्रिया