गाजामा इजरायली आक्रमणमा कम्तीमा ३३,८४३ प्यालेस्टाइनीको मृत्यु , ७६,५७५ प्यालेस्टाइनी घाइते

इनेप्लिज २०८१ वैशाख ४ गते १६:१५ मा प्रकाशित

गाजामा इजरायली आक्रमणमा कम्तीमा ३३,८४३ प्यालेस्टाइनीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

गाजामा गत २४ घण्टामा इजरायली हमलामा कम्तीमा ४६ प्यालेस्टाइनी मारिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको विवरण अनुसार कुल मृत्यु हुनेको संख्या ३३,८४३ पुगेको छ।

मन्त्रालयले ७६,५७५ प्यालेस्टाइनी घाइते भएको जनाएको छ । अप्रिल १३ सम्म मन्त्रालयका अनुसार १४,५६० प्यालेस्टिनी बालबालिका मारिएका छन्। त्यस्तै ९ हजार ५८२ महिलाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ४८५ जना स्वास्थ्यकर्मीहरु मारिएका छन् ।

मारिएका प्यालेस्टिनीमा ७२ प्रतिशत महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया