बागलुङ सेवा समाज अमेरिका र बलेवा समाज अमेरिकाको संयुक्त आयोजनामा न्युयोर्क मा चैते दशै मेला हुदै !

इनेप्लिज २०८० चैत ६ गते १२:४९ मा प्रकाशित

बागलुङ सेवा समाज अमेरिका र बलेवा समाज अमेरिकाको संयुक्त आयोजनामा प्रवासमा रहेर पनि हाम्रो धर्म, संस्कृति -परम्परा र चाडपर्वहरुलाई बढावा दिने र हाम्रा सन्ततिहरुले पनि यस बारेमा बुझ्ने अवसर पाउन र भोलिका दिनमा उनीहरुले पनि यसको अनुसरण गर्दै हाम्रो मौलिक धर्म, संस्कार र चाडपर्वहरु मनाउदै जाने वातावरण बनोस् भन्ने उद्देश्यका साथ न्युयोर्कको कोरोना पार्क, क्विन्समा मिति ०४/१४/२०२४ आइतबारका दिन चैते दशैँ तथा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागिएको छ । जसमा सांस्कृतिक कार्यक्रम , बागलुङको पहीचान नौमती बाजा,लोक-दोहोरी को साथै केही मनोरंजनत्मक खेल हरु ठेलो, लठो तान्ने, घैँटो फुटाउने साथमा म्युजिकल चियर, राफल चिट्ठा पनि समावेश गरियको जानकारी बागलुङ सेवा समाज अमेरिका का महासचिव कृष्ण सुवेदी ले दिनु भयो ।

बागलुङ जिल्ला नेपाल को गण्डकी प्रदेश को धवलागिरी अञ्चल मा अवस्थित एक पहाडी जिल्ला हो। यो जिल्लाले झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको छ। नेपाल भित्रको सानो नेपाल नामले परिचित जिल्ला गण्डकी प्रदेश पर्ने प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला हो।

सोह्र हजार पर्वतको नामले प्रसिद्ध यस जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोट मध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट बिहुँकोट, संसारकोट, अर्नाकोट , माझकोट र बलेवा कोट प्रसिद्ध मानिन्थ्यो। मगर भाषामा “वाग”को अर्थ कहीं केही उठेको खण्ड र “लुङ”को अर्थ कहीं केही मैदान वा समथरलाई बुझाउँछ। यसर्थ “बागलुङ”को भौगोलिक वनावटलाई हेर्ने हो भने कतै उठेको र कतै मैदान वा समथर जमीनको भाग भएकोले पनि यस ठाउँको नाम बागलुङ रहन गएको हो भन्ने किम्दन्ती रहेको छ ।
यहा प्रसिद्ध कालीका भगवति मन्दिर, परिसर मा हरेक बर्ष चैते दशैको भव्य मेला लाग्छ भने यस मेला भर्न र माँ भगवती को दर्शन गर्नु को लागी देश बिदेश बाट भक्त जन हरुको घुईचो लाग्दछ ।

बागलुङ पछिल्ला दिन हरुमा नेपाल को प्रमुख पर्यटकीय स्थल को रुपमा बिकसीत हुदै गयको छ यहा का आकर्षक मा बागलुङ कालिका भगवती , विश्वशान्ति सर्वसिध्दिधाम पञ्चकोट, ढोरपाटन शिकार आरक्ष,बलेवा भैरवस्थान , जैमिनेश्वर क्षेत्र, शिवधुरी, गाजा दह ,भकुण्डे धुरी र मूलाबारीको धूरी रहेका छन । भने बागलुङ बलेवा र पर्वत कुश्मा बिच कालीगण्डकी नदी मा बनेको झोलुङ्गे पुल बनेको बन्जीजम्प एशियाकै प्रसिद्ध साहासीक पर्यटन को पहिलो रोजाईमा परेको छ भने कालीगण्डकी नदी राफ़्टिंग साहसिक पर्यटक बिच बिश्वमा प्रसिद्ध छ ।

प्रतिक्रिया