इजरायल युद्धविराम र बन्धक सम्झौतामा सहमत

इनेप्लिज २०८० फागुन १४ गते ११:५२ मा प्रकाशित

इजरायलले युद्धविराम र बन्धक सम्झौतामा नयाँ अद्यावधिक गरिएको रुपरेखामा सहमत भएको छ । अर्थात् अध्यावधिक गरिएको संरचनालाई स्वीकार गरेको छ ।

इजरायलले ४० बन्धकहरूलाई रिहा गर्ने बदलामा गाजामा छ हप्ताको युद्धविराम स्थापना गर्ने अद्यावधिक (अपडेट )गरिएको ढाँचामा सहमत भएको इजरायली स्रोतले एबीसी न्यूजलाई बताएको जनाएको छ ।

अमेरिका, इजरायल, कतार र इजिप्टका अधिकारीहरू सम्मिलित पेरिसमा भएको वार्तापछि यो प्रगति भएको हो।

इजरायलले यस सप्ताहन्तको वार्ताबाट अद्यावधिक गरिएको भाषालाई स्वीकार गर्ने कि नगर्ने भन्ने बारेमा हमासबाट जवाफको पर्खिरहेको थियो भने इजरायलले रफाहमा प्रवेश गर्ने योजनालाई अगाडि बढाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक संजाल एक्समा रफाहमा परिचालन योजनाहरू र निकासी योजनाहरू उनको मन्त्रिमण्डलले अनुमोदन गर्न तयार रहेको एबिसीन्यूजले उल्लेख गरेको छ ।

प्रस्तावित सम्झौताको एक भागको रूपमा, इजरायलले अघिल्लो सम्झौताको तुलनामा ३ र १ को अनुपातमा कारागारमा रहेका प्यालेस्टिनीहरूलाई रिहा गर्न सहमत भएको छ। यस नयाँ सम्झौतामा ४०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न सकिन्छ।

इजरायल रक्षा बलहरू पुन: परिचालन हुनेछ तर गाजाबाट फिर्ता हुनेछैन ।

प्रतिक्रिया