गाजामा शताब्दीयौं पुराना मस्जिद र गिर्जाघर ध्वस्त

इनेप्लिज २०८० फागुन १३ गते १२:२२ मा प्रकाशित

गाजामा युद्धको कारण शताब्दीयौं पुराना मस्जिद र गिर्जाघर ध्वस्त भएका छन् ।

सामाजिक सञ्जालमा प्रसारित श्रब्यदृश्य (भिडियो)मा गाजा शहरको ग्रेट ओमारी मस्जिदको भग्नावशेषहरू देखाइएको छ। गाजाको सबैभन्दा पुरानो मस्जिद, जुन पुरातन फिलिस्टाइन मन्दिरमा अवस्थित छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका अनुसार इजरायल रक्षाबलको बम विष्फोटले पूर्ण रूपमा ध्वस्त भएको र यसको जग मात्र बाँकी रहेको गत जनवरीमा बताएका थिए ।

सरकारी संचार माध्यमको कार्यालयका अनुसार गाजामा अक्टोबर ७ देखि करिब ४०० धार्मिक स्थलहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन्, जसमा ३८० मस्जिद र तीनवटा गिर्जाघर छन्।

ग्रेट ओमारी मस्जिद शताब्दीयौंको युद्धबाट बचेको छ। यो पहिलो पटक १३ औं शताब्दीमा मंगोलहरूले नष्ट गरेका थिए ।

सरकारी संचार माध्यमका अनुसार ऐतिहासिक र धार्मिक स्थलहरूमा गरिएको आक्रमणहरू गाजामा “प्यालेस्टिनी सांस्कृतिक र सम्पदाको उपस्थिति मेटाउने” प्रयासहरू भएको जनाएको छ ।

प्रतिक्रिया