रुसी बिपक्षी नेता नाभाल्नीको शव उनकी आमालाई हस्तान्तरण

इनेप्लिज २०८० फागुन १२ गते १६:३४ मा प्रकाशित

रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमालाई हस्तान्तरण गरिएको छ ।

रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको मृत्यु भएको एक हप्ता भन्दा बढी पछि उनकी आमालाई दिइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशले शनिबार भनिन ।

हामीसँग यो माग गर्ने सबैलाई धेरै धेरै धन्यवाद, “यार्मिशले सामाजिक संजालमा लेखेकी छन् । यार्मिशका अनुसार नाभाल्नीकी आमा, ल्युडमिला नवल्नाया अझै पनि उत्तरी ध्रुवको शहर सालेखार्डमा छिन् जहाँ उनको छोराको शव राखिएको थियो।

नाभाल्नीको गत फेब्रुअरी १६ मा नजिकैको पेनल उपनिवेशको कारागारमा मृत्यु भएको थियो । रूसी कारागार सेवाका अनुसार उनि हिँडे पछि अस्वस्थ महसुस गरे र तुरुन्तै चेतना गुमाएका थिए ।

नाभाल्नीको परिवार र सहकर्मीहरूले नाभाल्नीको मृत्युको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दोष दिएका छन् । अर्को महिना हुने राष्ट्रपति चुनावमा भ्लादिमिर उम्मेदवारी बन्दैछन । उनि पाँचौं कार्यकालमा पदमा विजयी हुने अपेक्षा गरिएको छ।

यार्मिशका अनुसार अन्त्येष्टिको योजना अझै बनाई नसकिएको उनले बताईन ।

प्रतिक्रिया