जेलेन्स्कीले युद्धको दोस्रो वर्षगाँठ मनाउदै भने हामी सफल हुनेछौं

इनेप्लिज २०८० फागुन १२ गते १२:०४ मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सफल हुनेमा जोड दिएका छन् र रुसको आक्रमणको दोस्रो वर्षगाँठको अवसरमा सम्बोधन गर्दै आफ्ना देशवासीलाई विजयको आशामा रहन आग्रह गरेका छन्।

आज, दुर्भाग्यवश, हामी मध्ये प्रत्येकसँग एक क्षण मौन बस्ने र सम्झनाको सम्मान गर्ने कोही छन । हामी हाम्रो शिर झुकाउँछौं। उनले भने हामीसंग ७३० दिनको पिडा छ । तर एकै समयमा ७३० दिनको आशा पनि छ “जेलेन्स्कीले श्रब्यदृश्य (भिडियो)मा भने।

युक्रेनी राष्ट्रपतिले विगत दुई वर्षमा हासिल गरेको उपलब्धिको स्मरण गराए र आफ्ना देशवासीहरूलाई प्रोत्साहित गरे ।

उनले अगाडी भने हामी सक्षम छौं। हामी सफल हुनेछौं। हामी ७३० सम्म दिन सम्म पनि लडी रहेका छौ र हामी जित्नेछौं।

प्रतिक्रिया