गैरकानूनी रूपमा घरपालुवा जनावरको रूपमा राखेका ठूलो विषालु छेपारोको टोकाइबाट कोलोराडोको एक व्यक्तिको मृत्यु भएको छ ।
लेकवुड शहरका अधिकारीहरूका अनुसार गिला मोन्सटर नाम दिइएका ठूलो विषालु छेपारोको टोकाइबाट कोलोराडोका एक व्यक्तिको मृत्यु भएको जनाएका छन् । प्रहरीका अनुसार उनले अवैध रूपमा पाल्तु जनावरको रूपमा घरमा राखेका थिए ।
३४ बर्षिय क्रिस्टोफर वार्ड नामक व्यक्ति दुईवटा घस्रने जीव अर्थात् छेपारोका मालिक थिए । एउटा जनावरले हातमा टोकेपछि बिरामी भएको लेकवुड प्रहरी विभागले जनाएको छ । लेकवुड डेनभरको उपनगर हो।
वार्डकी प्रेमिकाले फेब्रुअरी १२ को मध्यरात अघि ९११ मा जानकारी दिएकी थिइन् । छेपारोले टोके पछि बान्ता आए पछि उनको स्वास रोकिएको उनले बताइन । त्यस पछि उनलाई स्थानीय अस्पतालमा लगियो, जहाँ उनको मृत्यु फेब्रुअरी १६ मा मृत्यु भएको घोषणा गरिएको थियो ।
प्रतिक्रिया