गाजाको नासिर अस्पतालमा इजरायली छापामा लगभग ७० जना स्वास्थ्यकर्मीहरु पक्राउ गरिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालमा इजरायली छापामा लगभग ७० स्वास्थ्यकर्मीहरुलाई पक्राउ गरिएको जनाएको छ ।
इजरायली सेनाले नासिर अस्पताल भवन मेडिकललाई “पूर्ण रूपमा सेवाबाट बाहिर” राखेको छ र यसलाई गम्भीर स्वास्थ्य मामला प्रवन्ध गर्न असमर्थ बनाएको हमास-नियन्त्रित गाजा स्वास्थ्य मन्त्रालयले आइतवार जनाएको छ ।
मन्त्रालयका प्रवक्ता चिकित्सक अशरफ अल-किद्राले करिब ७० स्वास्थ्यकर्मीलाई इजरायली सेनाले पक्राउ गरेको र ८० जना बिरामीलाई अस्पतालबाट अज्ञात स्थानमा सारिएको दाबी गरे।
चिकित्सा केन्द्र (मेडिकल कम्प्लेक्स)मा केवल २५ जना चिकिस्ता कर्मचारीहरू रहेका छन् । उनीहरूले गम्भीर हेरचाह आवश्यक पर्ने बिरामीहरूलाई प्रवन्ध गर्न असमर्थ रहने अल-किद्राले बताए ।
तीन दिनदेखि परिसरमा बिजुली काटिएको छ, अक्सिजन र पानीको आपूर्ति रोकिएको छ, अल-किद्राले भने। अहिलेसम्म ७ जनाको ज्यान गएको उनले बताए ।
सिएनएनले गाजामा सीमित पहुँचको कारणले गाजामा हताहतको तथ्याङ्कलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न सक्दैन भन्दै समाचारमा उल्लेख गरेको छ । सिएनएनले टिप्पणीको लागि इजरायली सेनालाई सम्पर्क गरेको समेत जनाएको छ ।
नासिर अस्पताल गाजाको सबैभन्दा ठूलो कार्यरत अस्पताल हो । इजरायली सेनाले बिहीबार त्यहाँ छापा मारेको थियो। धेरै संदिग्धहरूलाई हिरासतमा लिएको थियो।
इजरायली सेनाले हमासले पहिले अस्पतालमा बन्धक बनाएको र मृतक बन्धकहरूको शव अस्पतालमा हुनसक्ने विश्वसनीय प्रमाण रहेको बताएको छ। तर सार्वजनिक रूपमा त्यो प्रमाण जारी नगरेको सिएनएनले बताएको छ ।
प्रतिक्रिया