नाइजेरियाको विश्वविद्यालयमा आत्मघाती हमलामा पाँच जनाको मृत्यु 

इनेप्लिज २०८० फागुन ४ गते १७:४८ मा प्रकाशित

नाइजेरियाको बोर्नो राज्यको माइदुगुरी विश्वविद्यालयमा सोमबार भएको आक्रमणमा एक प्राध्यापक र दुई आत्मघाती बम आक्रमणकारी सहित पाँच जनाको मृत्यु भएको छ । 

युपिआईले जनाए अनुसार अन्य १७ जना घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।

एउटा विस्फोट कर्मचारी मस्जिदमा भएको थियो र दोस्रो विश्वविद्यालय परिसरको प्रवेशद्वारमा भएको थियो।

बोर्नो प्रहरीका प्रवक्ता भिक्टर इसुकुले गस्तीमा रहेको प्रहरीले १२ वर्षकी एक युवतीलाई विश्वविद्यालयमा प्रवेश गर्न खोज्दा गोली हानेको बताए ।

उनको शरीरमा जडान आईईडी [इम्प्रोभाइज्ड विस्फोटक उपकरण] विस्फोट भयो र उनको तुरुन्तै मृत्यु भयो,” उनले एक विज्ञप्तिमा बताए। 

त्यसको केही समयपछि विश्वविद्यालय भित्रको मस्जिदमा दोस्रो विस्फोट भएको थियो।

बिहान ६ः३० बजे एक बन्दुकधारी क्षेत्रमा प्रवेश गर्दा मुसलमान ( मुस्लिम) विश्वासीहरू प्रार्थनाको लागि भेला भएका थिए।

मृत्यु हुनेमा पशु सेवाका निर्देशकका रूपमा कार्यरत अलियु मणि पनि सामेल छन्।

तस्विर कृतज्ञता: प्रिमियम टाईम्स नाईजेरिया

प्रतिक्रिया