नेपाली चलचित्र ‘द सेक्रेटस् अफ‘राधा’ अमेरिकाको वाशिंगटन राज्यको सियाटल ,भ्यानकुभर ,टोरोन्टो ,न्युह्याम्सायर प्रदर्शन पछि अब एटलान्टा र नर्थ क्यारोलाइनाको शार्लोटमा प्रदर्शन हुने भएको छ । अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भै सकेका छन् भने अमेरिका पछि बिश्वका बिभिन्न राज्यमा प्रदर्शन भएका छन् ।
फेरी हाल अमेरिका प्रदर्शन भै रहेको छ ।आगामी फेब्रुअरी १८ आइतबार का दिन जर्जियाको च्यामब्ली र फेब्रुअरीको २४ शनिबार शार्लोट नर्थ क्यारोलाईनामा हुने चलचित्रका निर्देशक सुबर्ण थापाले ईनेप्लिजलाई बताए ।
जर्जियाको च्यामब्लीमा ४:३० बजे सुरु हुनेछ भने टिकट दर केवल १५ डलर राखिएको छ । त्यस्तै शार्लोट नर्थ क्यारोलाईनामा इन्डीपेनडेन्ट पिक्चर हाउसमा शनिबार १२ बजे दिउसो हुने भएको छ । टिकट दर केवल १५ डलर राखिएको छ ।
यस चलचित्रका निर्देशक तथा लेखक सुवर्ण थापा स्वयम उपस्थित भै प्रदर्शनमा दर्शकहरुसँग स्वयम सहभागी हुने छन् । द सेक्रेट अफ राधा” नारीका संम्वेदनाहरूलाई केन्द्र बिन्दुमा राखेर निर्देशक सुवर्ण थापाद्धारा निर्देशन तथा निर्माण गरिएको चलचित्र हो।
एक गर्भवती महिलाले आफ्नो बेपत्ता भएको श्रीमानको खोजी गर्ने गरेको संघर्षको कथालाई चलचित्रले मुख्य कथा बस्तु बनाएको छ। यस चलचित्रको मुख्य पात्र राधाले जस्तै हजारौ हजार हाम्रा दिदिबहिनीहरूले पनि यस्तो समस्या दिनहु हाम्रो समाजमा भोग्दै आएका छन्।बर्तमान समयमा नेपाली समाजमा घटिआएका र हाम्रो समाजले भोगी आएको कथा बस्तुलाई लिएर यो चलचित्र निर्माण भएको छ। तसर्थ यो चलचित्र एक सामाजिक चलचित्र बन्न सफल भएको छ।
प्रतिक्रिया