अमेरिकामा १५० वर्षमा पहिलो पटक मन्त्रिपरिषदका सचिव एलेजान्ड्रो मेयोर्कासमाथि तल्लो सदन अर्थात् प्रतिनिधि सभाले महाभियोग लगाएको छ ।
हाउस अफ रिप्रिजेन्टेटिभ्स( प्रतिनिधि सभा)ले निकै कम अन्तरले मंगलबार गृह बिभागका सचिव (होमल्याण्ड सेक्युरिटी सेक्रेटरी )अलेजान्ड्रो मेयोर्कासलाई महाभियोग लगाउने पक्षमा मतदान गर्यो, जुन लगभग १५० वर्षमा महाभियोग लगाइएका पहिलो मन्त्रिमण्डल (क्याबिनेट) सचिव हुन्।
तल्लो सदनका रिपब्लिकनहरूले गत हप्ता पनि महाभियोग लगाउने प्रयास गरेका थिए । रिपब्लिकनहरूले अमेरिकाको दक्षिणी सीमामा बाइडेन प्रशासन प्रवन्ध फितलो र अत्यन्तै कम्जोर भएको आरोप लगाउदै यो प्रस्ताव ल्याएका हुन् ।
प्रतिनिधि सभाका रिपब्लिकनहरूले राष्ट्रपति बाइडेन र उनका विभागहरू र निकायहरूलाई अध्यागमन र सीमा सुरक्षा नीतिहरूमा जवाफदेही बनाउन यो महाभियोग आएको हो।
मेयोर्कासले आफ्नो दक्षिणी सीमा प्रवन्ध गर्नका लागि उच्च अपराध र दुष्कर्म गरेको आरोप लगाएका छन् । अमेरिकी इतिहासमा यसअघि एकजना मन्त्रीमंडल का अधिकारीलाई १८७६ मा महाभियोग लगाइएको थियो। मङ्गलबार भएको मतमा २१४ ले हुन्छ र २१३ जनाले हुदैन भने पक्षमा मत खसेको थियो ।
तीन जना रिपब्लिकन मध्ये कोलोराडोका केन बक, विस्कन्सिनका माइक ग्यालाघर र क्यालिफोर्नियाका टम म्याकक्लिन्टकले डेमोक्र्याटलाई साथ दिएका थिए । “हाम्रो सिमानामा गम्भीर चुनौतिहरू समाधान गर्न काम गर्नुको सट्टा राजनीतिक लाभका लागि संविधानलाई कुल्चिने गरेकोमा तल्लो सदनका रिपब्लिकनहरूलाई इतिहासले सम्झिनेछ,” डिएचएस प्रवक्ता मिया एरेनबर्गले एक विज्ञप्तिमा भने।
विज्ञप्तिमा भनिएको छ, “सचिव मेयोर्कास र होमल्याण्ड सुरक्षाविभागले अमेरिकीहरूलाई सुरक्षित राख्न हरेक दिन काम गरिरहनेछ।”
प्रतिक्रिया