अस्पतालका एक अधिकारी र एपी पत्रकारहरूले इजरायली हवाई आक्रमणमा दक्षिणी गाजा सहर रफाहमा कम्तीमा २८ प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन्।
शनिबार बिहान इजरायली हवाई आक्रमणमा कम्तिमा २८ जना प्यालेस्टाइनीहरु मारिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई दक्षिणी गाजा शहरबाट लाखौं मानिसहरूलाई स्थलगत आक्रमण अघि हटाउने योजना बनाउन सेनालाई आदेश दिएको केही घण्टा पछि उक्त दुखद घटना भएको हो ।
बेन्जामिन नेतन्याहुले विवरण वा समयसीमा प्रदान गरेनन तर उनले गरेको घोषणाले व्यापक आतंक सिर्जना गरेको एपीले जनाएको छ । गाजाका २३ लाख मानिसहरू मध्ये आधा भन्दा बढी रफाहमा भरिएका छन् ।
अमेरिकी अधिकारीहरूले नागरिक बसोबास भएको स्थानमा योजना बिना रफाह आक्रमणले विपत्ति निम्त्याउने बताएका छन्।
हालैका हप्ताहरूमा उत्तरमा रहेको खान युनिस शहरमा भूमिगत लडाईबाट त्यहाँ आश्रय लिन नागरिकहरूलाई भनेपछि पनि इजरायलले रफाहमा लगभग दैनिक हवाई आक्रमणहरू गरेको छ।
शनिबार राति रफाह क्षेत्रका घरहरूमा तीनवटा हवाई आक्रमणमा २८ जनाको ज्यान गएको हो । प्रत्येक आक्रमणले तीन परिवारका धेरै सदस्यहरूको ज्यान गएको जसमा कुल १० बालबालिका मध्ये सबैभन्दा कान्छो तीन महिनाका शिशु थिए ।
फडेल अल-घन्नमले आफ्ना छोरा, बुहारी र चार नातिनातिनालाई एउटा आक्रमणमा गुमाए। भग्नावशेषमा उभिएर उनले आक्रमणले आफ्ना प्रियजनको शवलाई टुक्रा-टुक्रा पारेको बताए।
आक्रमणको तीव्रताका कारण अस्पतालको भवन बीचमा स्वास्थ्यकर्मीहरू आवतजावत गर्न नसक्ने अवस्था रहेको छ । अस्पतालमा ३ सय स्वास्थ्यकर्मी, ४५० बिरामी र १० हजार विस्थापितले आश्रय लिएको बताए ।
प्रतिक्रिया