कारागारमा रहेका पूर्व प्रधान मन्त्रि इमरान खानको दलसँग सम्बद्ध स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा बढी ९८ सीटहरूमा बिजयी भएका छन् । यो नतिजाले सबैलाई आश्चर्यजनक झट्का लागेको छ ।
झ्यालखानामा रहेका पाकिस्तानी राजनीतिक नेता खानको दलसँग सम्बद्ध स्वतन्त्र उम्मेदवारहरूले पाकिस्तानको आम चुनावमा सबैभन्दा बढी राष्ट्रिय सभा सीटहरू जितेका छन् ।
ढिलो गणना र धाँधलीको आरोपमा भएको मतदानमा पनि आश्चर्यजनक विजय हासिल गर्न सफल भएका छन् ।
पाकिस्तानको निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरूले हालसम्म ९८ सिट जितेका छन् भने २२ सिटमा अझै निर्वाचनको परिणाम आउन बाकि छ। अधिकांश स्वतन्त्र उम्मेदवार खानको पार्टी (दल)पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) सँग आबद्ध छन्।
यसै गरि पाकिस्तान मुस्लिम लिग नवाज पार्टी (पीएमएलएन) ले हालसम्म ६९ सिट जितेर दोस्रो स्थानमा रहेको छ भने पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५१ सिटसहित तेस्रो स्थानमा छ।
अझै पनि पाकिस्तानका तीन प्रमुख दलहरूमध्ये कुनै पनि संसदमा बहुमत प्राप्त गर्न आवश्यक १६९ स्थान जित्न नसक्ने देखिएको छ । अब देशको अर्को प्रधानमन्त्री को हुने र सरकार कसले बनाउने बारेमा अझै दुबिधा रहेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
शुक्रबार जारी गरिएको भाषणमा खानको तर्फबाट चुनावमा विजयी भएको दाबी गरेको छ भने आफ्ना समर्थकहरूलाई “अब आफ्नो मतको सुरक्षा गर्ने शक्ति देखाउन” आह्वान गरेको छ ।
गत अगस्त देखि कारागारमा रहेका खानले समर्थकहरूलाई सन्देशहरू पठाउन एआई( कृतिम बुद्धिमत्ता) प्रयोग गर्दै आएका छन्। “तपाईहरुले मलाई भरोसा गर्नु भयो र तपाईहरुको ठूलो मतदानले सबैलाई चकित पारेको छ,” एआई आवाजले श्रब्यदृश्य (भिडियो)मा भन्यो।
खानका प्रतिद्वन्द्वी, पूर्व पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले आफ्नो पीएमएलएन दल सबैभन्दा ठूलो भएको दाबी गरे।
प्रतिक्रिया