पाकिस्तानको निर्वाचन कार्यालयमा दुईवटा बम विष्फोट हुँदा संसदीय मतदानको एक दिनअघि कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
दक्षिणपश्चिम पाकिस्तानमा राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवारको निर्वाचन कार्यालयमा भएको बम विष्फोटमा कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। देशभर संसदीय निर्वाचन हुन लागेको एक दिन अगाडि बम विष्फोट भएको हो ।
पहिलो आक्रमण बलुचिस्तान प्रान्तको पशिन जिल्लामा भएको प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाइले बताए। आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन्। उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पछि बुधबार, बलुचिस्तानको किल्ला सैफुल्लाह शहरमा राजनीतिज्ञ फजलुर रहमानको जमियत उलेमा इस्लाम दलको चुनाव कार्यालयमा अर्को बम विष्फोटमा कम्तिमा १० जना मारिएको अचकजाई र स्थानीय अधिकारीहरूले भने।
बम विस्फोट कसैले जिम्मेवारी लिएका छैनन । विशेष गरी बलुचिस्तानमा शान्ति सुनिश्चित गर्न पाकिस्तानभरि दशौं हजार प्रहरी र अर्धसैनिक बलहरू तैनाथ गरिएको छ ।
प्रतिक्रिया