सिरियाली अमेरिकी सेनाको अखडामा भएको मानवरहित यान (ड्रोन) आक्रमणमा परी कम्तीमा ६ कुर्दिश लडाकुको मृत्यु भएको छ ।
छाता समूहले इराक र सिरियामा अमेरिकी सैन्य अड्डाहरू र सेनाहरूमा दर्जनौं मानव रहित यान (ड्रोन)आक्रमणहरू सुरु गरेको छ, र दुवै देशबाट अमेरिकी सेना फिर्ता गर्न आह्वान गरेको छ।
पूर्वी सिरियामा रहेको अमेरिकी सेनाको सैनिक आधारमा भएको मानव रहित यान आक्रमणमा आइतबार छ जना सहयोगी कुर्द लडाकु मारिएको एपीले समाचार लेखेको छ ।
सिरिया वा इराकमा अमेरिकी सेनाले इरान समर्थित नागरिक सैनिक (मिलिशिया)हरू विरुद्ध साताको अन्त्यमा जवाफी हमला गरेपछि यो पहिलो महत्त्वपूर्ण आक्रमण हो।
अमेरिकी समर्थित, कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स(प्रजातान्त्रिक बल)ले सोमबार सिरियाको पूर्वी प्रान्त देइर एल-जोरको अल-ओमर आधारमा रहेको तालिम स्थलमा आक्रमण गरेको र “सिरियाली शासन समर्थित भाडाका सैनिकहरूले” आक्रमण गरेको आरोप लगाएको बताएको छ। अमेरिकी सेनामा कुनै हताहत नभएको एपीले जनाएको छ ।
जनवरीको अन्त्यमा, जोर्डनको एक मरुभूमि अड्डामा उही समूहद्वारा मानव रहित यान आक्रमणमा तीन अमेरिकी सेनाको मृत्यु भयो र दर्जनौं घाइते भए।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणबाट सुरु भएको इजरायल-हमास युद्धको बीचमा मध्यपूर्वमा तनाव फैलिएको बेला यो आक्रमण भएको हो।
प्रतिक्रिया