रफाहमा इजरायली सेनाको भूमि अभियानको विस्तारले प्यालेस्टिनीहरुमा विपत्ति निम्त्याउने हमासद्वारा सञ्चालित सरकारी निर्देशकको चेतावनी

इनेप्लिज २०८० माघ २२ गते ११:५७ मा प्रकाशित

रफाहमा इजरायली सेनाको भूमि अभियानको विस्तारले प्यालेस्टिनीहरुमा विपत्ति निम्त्याउने हमासद्वारा सञ्चालित सरकारी निर्देशकले चेतावनी दिएका छन् ।

हमासद्वारा सञ्चालित सरकारी संचार माध्यम कार्यालयका निर्देशकले सोमबार सिएनएनलाई दक्षिणी गाजाको रफाहमा इजरायली सेनाको भूमि अभियानको विस्तारले प्यालेस्टिनीहरुलाई वास्तविक विपत्ति निम्त्याउने बताए।

इजिप्टको सिमानामा रहेको दक्षिणी शहरमा इजरायली सेनाहरू अझै मैदानमा छैनन्, इस्माइल अल-थवाब्ताले बताए । रफाहमा तिनीहरूको प्रवेशले गाजा भूभागमा वास्तविक प्रकोप निम्त्याउने भन्दै निर्देशकले चिन्ता व्यक्त गरे ।

गत हप्ता इजरायलका रक्षा मन्त्री योभ ग्यालान्टले इजरायल रक्षा बल खान युनिसबाट रफाहमा जाने घोषणा गरेका थिए । उनले हामीलाई धम्की दिने आतंककारी तत्वहरूलाई हटाउन त्यहा सम्म पुग्ने बताएका थिए ।

इजरायलको बमबारीले गाजामा २.३ मिलियन अर्थात् २३ लाख भन्दा बढी मानिसहरूलाई विस्थापित गरेको छ। ती मध्ये आधाभन्दा बढी रफाहमा आश्रय लिन खोजिरहेका छन्।

सरकारी संचार माध्यमको कार्यालयको अनुसार रफाहमा १३ लाख मानिसहरु विस्थापित भएका छन् ।

प्यालेस्टाइनीहरू युद्धको प्रारम्भिक दिनदेखि नै उत्तरी क्षेत्रहरूबाट रफाहमा भाग्न बाध्य भएका छन् ।

प्रतिक्रिया