इजरायलमा बन्दी बनाएका ११४ प्यालेस्टिनी गाजा फर्किए

इनेप्लिज २०८० माघ १८ गते १२:२० मा प्रकाशित

इजरायलमा बन्दी बनाएका ११४ प्यालेस्टिनी गाजा फर्किएका छन् ।

इजरायलमा थुनिएका १०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरी बिहीबार बिहान गाजा प्रवेश गरेको गाजा नाका निकाय (क्रसिङ अथोरिटी)ले जनाएको छ।

प्रवक्ता हिशाम अडवानले चार जना महिलासहित ११४ जनालाई केरेम शालोम नाका हुँदै रिहा गरिएको बताए ।

सिएनएनले थप विवरणका लागि इजरायली अधिकारीहरूसँग सम्पर्क गरिरहेको आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया