राजा चार्ल्स तृतीय निर्धारित प्रोस्टेट (पुर:स्थ ग्रन्थि )को शल्यक्रियाको लागि अस्पतालमा भर्ना

इनेप्लिज २०८० माघ १२ गते १२:३९ मा प्रकाशित

बेलायतका राजा चार्ल्स तृतीय निर्धारित प्रोस्टेट (पुर:स्थ ग्रन्थि )को शल्यक्रियाको लागि अस्पतालमा भर्ना भएका छन् । एबिसीन्यूजका अनुसार उनले विस्तारित पुर:स्थ ग्रन्थिको लागि “सुधारात्मक प्रक्रिया” पार गर्नुपर्ने जनाएको छ ।

उनलाई शुक्रबार निजी अस्पतालमा भर्ना गरिएको थियो। बकिंघम दरबारले गत हप्ता घोषणा गरिएको पूर्व-नियोजित उपचारको पुष्टि गर्दै आज जनवरी २६ शुक्रबारका दिन उनलाई भर्ना गरिएको हो ।

७५ वर्षीय राजाको लन्डन क्लिनिकमा उपचार गरिनेछ, जहाँ उनकी बुहारी, वेल्सको राजकुमारी, पेटको शल्यक्रिया गरिएको हुनाले उनि अस्पताल पुगेपछि राजाले केटलाई भेटेका थिए ।

“राजालाई आज बिहान निर्धारित उपचारको लागि लन्डनको अस्पतालमा भर्ना गरिएको थियो,” दरबारले बिज्ञप्तिमा जनाएको छ । उनले गत हप्तामा शुभकामना पठाउने सबैलाई धन्यवाद समेत दिएका छन् ।

१६ महिनाअघि राजगद्दी आरोहण गरेका चार्ल्सलाई जनवरी १७ मा अज्ञात लक्षणहरू देखिएपछि उनको अवस्था सामान्य भएको पत्ता लागेको थियो। उनले आफ्नो बिभिन्न कार्य र कार्यक्रममा संलग्नता रद्द गरेका छन् ।

राजाले जनस्वास्थ्य सल्लाह अनुसार अन्य पुरुषहरूलाई प्रोस्टेट जाँच गराउन प्रोत्साहित गर्नको लागि अग्रिम शल्यक्रियाको घोषणा गर्ने समेत निर्णय गरेका थिए । राजाको उपचार र दरबारमा स्वास्थ्य सम्बन्धी समस्या र उपचार बारे समाचारहरु विगत १० दिनमा व्यापक रुपमा बाहिरिएको छ ।

केन्सिङ्टन दरबारमा रहेको वेल्सकी राजकुमारीको कार्यालयले जनवरी १६ मा राजकुमारीले अज्ञात अवस्थाको लागि योजनाबद्ध पेटको शल्यक्रिया गरेको बताएको थियो। दरबारले थप विवरण प्रदान गरेन तर उनको अवस्था क्यान्सर(अर्बुद रोग) नभएको बताएको छ ।

४२ वर्षीया राजकुमारी आफ्नो अस्पताल बसाइको ११ औं दिनमा छिन् र दुई हप्तासम्म अस्पतालमा रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया