उत्तर कोरियाले अन्डरवाटर अर्थात् पानी मुनी आणविक हतियार प्रणालीको परीक्षण गरेको छ ।
यो परीक्षण अमेरिका र उसका सहयोगीहरूको “संयुक्त सैन्य अभ्यास” को प्रतिक्रियामा दिएको एबिसीन्यूजले जनाएको छ ।
उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, जापान र दक्षिण कोरियाको “संयुक्त सैन्य अभ्यास” को जवाफमा आफ्नो पानीमुनि आणविक हतियार प्रणालीको परीक्षण गरेको राज्यद्वारा संचालित संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सीले शुक्रबार जनाएको छ।
उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात प्रवक्ताद्वारा जारी गरिएको बिज्ञप्ति अनुसार जेजु टापु वरपरको पानीमा भएको तीन देशले गरेको “संयुक्त सामुद्रिक अभ्यास” “क्षेत्रीय अवस्थालाई थप अस्थिरताको कारण” र उत्तर कोरियाको सुरक्षाका लागि “गम्भीर खतरा” बनेको उल्लेख गरेको छ ।
“गम्भीर खतरा” को प्रतिकारको रूपमा उत्तर कोरियाले पूर्वी सागरको पानीमा विकास भइरहेको आफ्नो “हाइल ५- २३ ” प्रणालीको परीक्षण गरेको हो ‘
एसोसिएटेड प्रेसका अनुसार अमेरिका, दक्षिण कोरियाली र जापानी सेनाले यस हप्ता संयुक्त नौसेना अभ्यास गरिरहेका छन्।
प्रतिक्रिया