जेरुसेलममा २ सुरक्षाकर्मीमाथि छुरा प्रहार

इनेप्लिज २०८० पुष १३ गते २:२४ मा प्रकाशित

जेरुसेलममा २ सुरक्षाकर्मीमाथि छुरा प्रहार भएको छ ।

इजरायली प्रहरीका अनुसार बिहीबार राति दक्षिणी जेरुसेलमको माजमुरिया नाकामा काम गरिरहेका दुई अधिकारीलाई चक्कुले सशस्त्र एक व्यक्तिले छुरा प्रहार गरेको छ।

संदिग्ध व्यक्तिले आफ्नो गाडी नाकाको निरीक्षण चौकी नजिकै रोके र त्यसपछि बाहिर निस्केर कर्तब्य(ड्युटी)मा रहेका दुई सुरक्षाकर्मीलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

पीडितहरू मध्ये एक, साथै एक सीमा प्रहरी अधिकारीले आतंकवादको सामना गरेको प्रहरीले बताए । उक्त व्यक्तिलाई बन्दुकको गोलीबाट निष्प्रभावी (न्युट्रलाइज )पारेको प्रहरीले भने।

पीडितहरूलाई हल्का देखि मध्यम प्रकारको चोटपटक लागेको छ।

प्रतिक्रिया