क्यालिफोर्निया राज्यको लस एञ्जलस भै रहेको दङ्गाको कारण निषेधाज्ञा(कर्फ्यु )केही दिनसम्म लागु हुने नगर प्रमुख करेन बासले घोषणा गरेकी छिन् ।
लस एञ्जलसमा देखिएको अशान्तिपछि नगर प्रमुख करेन बासले शहरको एक वर्ग माइल क्षेत्रभित्र निषेधाज्ञा(कर्फ्यु )जारी गरिएको घोषणा गरेकी हुन् । उनले निषेधाज्ञा(कर्फ्यु )केही दिनसम्म जारी रहने सम्भावना रहेको स्पष्ट पारिन्।
“म भोलि निर्वाचित प्रतिनिधिहरू र सुरक्षा अधिकारीहरूसँग छलफल गर्नेछु तर हालको परिस्थितिमा निषेधाज्ञा(कर्फ्यु )केही दिनसम्म लागु रहने अपेक्षा गरिएको छ,” बासले मंगलबार पत्रकार सम्मेलनमा भनिन्।
निषेधाज्ञा (कर्फ्यु )लस एञ्जलस शहरको कुल ५०२ वर्ग माइल क्षेत्रमध्ये मात्र १ वर्ग माइल क्षेत्र (मुख्य बजार) मा लागू गरिएको हो। बासका अनुसार निषेधाज्ञा(कर्फ्यु )मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेछ।
नगर प्रमुख बासले नागरिकहरूलाई ढुक्क हुन आग्रह गर्दै भनिन्, “अशान्ति शहरभरि फैलिएको जस्तो देखिए पनि यो केही सडकमै सीमित छ। यो पूरै मुख्य बजार क्षेत्र पनि होइन।”
शान्ति सुरक्षाको दृष्टिकोणले निषेधाज्ञा(कर्फ्यु)आवश्यक भएको बासको भनाई छ।
प्रतिक्रिया