ओस्कार-विजेता चलचित्र “प्यारासाइट” मा आफ्नो भूमिकाका लागि प्रसिद्ध दक्षिण कोरियाली अभिनेता ली सन-क्युन बुधबार सियोलमा एक कार( गाडी)मा मृत अवस्थामा फेला परेका छन ।
उनलाई लागूऔषधको बारेमा प्रहरीले गहन अनुसन्धान सुरु गरे पछिको हप्ता पछि उनि मृत अवस्थामा गाडीमा फेला परेका हुन ।
रोयटर्सका अनुसार उनको गाडी( कार) सवारी साधन रोकि रहेको अवस्थामा फेला पारिएको थियो ।
प्रहरी र आपतकालीन अधिकारीहरूले सुरुमा लीलाई कारमा अचेत अवस्थामा फेला पारे।
आपतकालिन अधिकारीहरूले पछि उनको मृत्यु भएको पुष्टि गरे ।
४८ वर्षीय ली बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको खोजी गरिरहेको सियोङबुक प्रहरीले जनाएको थियो।
प्रतिक्रिया