इजरायली सेनाद्वारा गाजामा हमासको सबैभन्दा ठूलो सुरुङ पत्ता लगाएको दाबी

इनेप्लिज २०८० पुष १ गते १८:१२ मा प्रकाशित

इजरायली सेनाले गाजामा हमासको सबैभन्दा ठूलो सुरुङ पत्ता लगाएको दाबी गरेको छ । इजरायली रक्षा बल (आइडिएफ)का अनुसार “केही हप्ता अघि” सुरक्षित गरिएको तर आइतवार सार्वजनिक गरिएको सुरुङमा ठूलो सवारी साधन चलाउन समेत पर्याप्त चौडा भएको फेला पारिएको छ ।

भूमिगत ५० मिटर (१६० फिट भन्दा बढी) सम्म रहेको उक्त सुरुङ्ग बिजुली, वायुसंचार (भेन्टिलेसन )र संचार प्रणालीहरू सहित सुसज्जित रहेको आइडिएफले जनाएको छ ।

यो सुरुङ्ग इजरायल सम्म प्रवेश गर्दैन तर उत्तरी इजरायल-गाजा सीमामा अहिले बन्द गरिएको इरेज नाका भन्दा ४०० मिटर अघि समाप्त हुन्छ। यो सुरुङ हमासको “रणनीतिक पूर्वाधार” को हिस्सा हो र यसलाई नष्ट गरिने आईडिएफले बताएको छ ।

आईडिएफद्वारा साझा गरिएको श्रब्यदृश्य (भिडियो)मा इजरायली सेनाले यो सुरुङ हमास सेनाको गतिबिधिका लागि र आक्रमणको सुरुवात बिन्दुको रूपमा सिर्जना गरिएको दाबी गरेको छ ।

साझा गरिएको सुरुङ्गमा एउटा ठूलो गाडी सुरुङमा गुडिरहेको र त्यसभित्रको अस्थायी रेलमार्ग देखाइएको छ। सिएनएनले उक्त श्रब्यदृश्य(भिडियो)लाई
स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकेको समाचार लेखेको छ ।

आइडीएफले आइतवारको एक विज्ञप्तिमा सुरुङ प्रणाली हमास नेता याह्या सिनवारका भाइ मोहम्मद सिनवारको परियोजना भएको आरोप लगाएको छ।

प्रतिक्रिया