हालसालैको आक्रमणमा बुवा र दाजुभाई गुमाएका प्यालेस्टिनी पत्रकार गाजामा इजरायली हवाई हमलामा मारिए

इनेप्लिज २०८० मंसिर १६ गते १२:२३ मा प्रकाशित

गाजामा इजरायली हवाई हमलामा प्यालेस्टिनी पत्रकार मारिएको टर्की समाचार सँस्था (एजेन्सी)ले जनाएको छ ।

टर्की समाचार एजेन्सी अनादोलुका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार गाजामा शुक्रबार मारिएका छन् । एक हप्ताको विराम पछि इजरायली हवाई हमला फेरि सुरु भएको आक्रमणमा उनि मारिएको अनाडोलु समाचार सँस्थाले सिएनएनलाई भन्यो।

मोन्टसेर अल-सवाफ गाजा भूभागमा आधारित एक स्वतन्त्र छायाचित्रकार (क्यामेराम्यान )थिए । हालै इजरायल र हमास बीचको अस्थायी युद्धविराम सुरु हुनु अघि नोभेम्बरमा अर्को इजरायली हवाई हमलाबाट घाइते भएका थिए।

जेरुसेलम अनादोलुका बिभाग प्रमुख एनेस कान्लीले सिएनएनलाई जानकारी दिदै अल-सवाफले अघिल्लो हवाई आक्रमणमा आफ्ना आमाबुवा र परिवारका अन्य सदस्यहरू गुमाएको बताए ।

“उनले भर्खरैको आक्रमणमा आफ्ना बुबा र दाजुभाइहरू गुमाए। उनको अनुहारमा निकै नराम्ररी चोट लागेको थियो र एउटा आँखा बन्द थियो । हामीलाई उसको आँखा गुम्ने डर थियो । तर उनी छिट्टै निको भए । उनी गाजा शहरमा बस्न चाहन्थे र इजरायली सेनाको आक्रमणको बेला उत्तरतर्फ यात्रा गरिरहेका कान्लीले भने।

पत्रकारलाई शुक्रबार थप गम्भीर चोट लागेको थियो र उनलाई अल-अहली ब्याप्टिस्ट अस्पतालमा पुर्‍याउनु अघि करिब आधा घण्टा रुग्णबाहिणी (एम्बुलेन्स)को लागि पर्खनुपर्‍यो, जहाँ उनको पछि मृत्यु भयो, बिभाग प्रमुखले भने।

उनका दुई साना सन्तान छोडेर गएको उनले थपे।

प्रतिक्रिया