मङ्गलबार रिहा गरिएका १२ बन्धकहरू इजरायली क्षेत्रमा ल्याइयो 

इनेप्लिज २०८० मंसिर १२ गते १९:४२ मा प्रकाशित

मङ्गलबार रिहा गरिएका १२ जना बन्धकहरू अहिले इजरायली क्षेत्रमा रहेको इजरायली रक्षा बलले जनाएको छ।

केरेम शालोममा चार वटा उदग्रविमान(हेलिकप्टर )अवतरण गरेको छ । 

रिहा गरिएका बन्धकहरूले इजरायली सेनासँग भेट्ने अपेक्षा गरिएको छ। बन्धकहरूलाई केरेम शालोमबाट अस्पतालहरूमा लगिएको छ । इजरायल-हमास युद्धविराम लम्बिए पछि यो पहिलो हस्तान्तरण हो। 

प्रतिक्रिया