कतारको प्रयासमा युद्धबिराम अझ दुई दिन थपियो

इनेप्लिज २०८० मंसिर ११ गते १७:५२ मा प्रकाशित

कतारले युद्धविराम २ दिन लम्ब्याउने सहमति भएको जनाएको छ।

कतारले गाजा भूभागमा  थप दुई दिनको लागि युद्धविराम विस्तार गर्न सम्झौता भएको घोषणा गरेको छ ।

कतारको विदेश मन्त्रालयले सोमबार सामाजिक सॅजाल एक्स मार्फत उक्त जानकारी गराएको हो ।

अमेरिकी विदेशसचिव एन्टोनी ब्लिन्केनले सोमबार कतारका प्रधानमन्त्रीसँग दूरवार्ता( फोन) गरेपछि यो घोषणा आएको हो भनि सिएनएनले श्रोत नखुलाई समाचार प्रकाशित गरेको छ ।

इजिप्टले यसअघि दुई दिन बिराम लम्ब्याउने प्रयास भइरहेको बताएको थियो।

हमासले कतार र इजिप्टसँग थप दुई दिनको लागि युद्धविराम लम्ब्याउन सहमत भएको बताएको छ ।

प्रतिक्रिया