अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गर्दा इजरायलबाट गाजामा ४० भन्दा बढी बन्धकहरू हमासको नियन्त्रणमा नभएको र यसको जिम्मा आक्रमण गर्ने अन्य समूह रहेको एक कूटनीतिक स्रोतले सोमबार सिएनएनलाई बताए।
यसले एक जटिलता सिर्जना गर्दछ किनभने युद्धविराम सम्झौताले हमासलाई इजरायलद्वारा राखिएको प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूलाई सुम्पन आह्वान गर्दछ । यसको मतलब हमासले बन्धकहरूलाई हस्तान्तरण गर्नुपर्दछ भनि सिएनएनले जनाएको छ ।
सिएनएन सबै भन्दा पहिले अनुमानित ४० देखि ५० बन्धकहरू प्यालेस्टिनी इस्लामिक जिहाद वा अन्य समूह वा व्यक्तिहरूद्वारा राखिएको बारेमा समाचार प्रकाशित गरेको थियो ।
हालसम्म ५८ बन्धकहरू जसमा ४० इजरायली (केही दोहोरो नागरिक), १७ थाई नागरिक र एक फिलिपिन्स नागरिकलाई मुक्त गरिएको छ।
सोमबारको बन्धक र बन्दीहरूलाई रिहा गर्ने सूचीमा केही समस्या उत्पन्न भएकोले सोमबारको बन्धक रिहाईमा ढिलाइ हुने सम्भावना रहेको छ । युद्धविरामको मध्यस्थता गर्ने मुख्य मध्यस्थ कतारले यसलाई समाधान गर्न दुवै पक्षसँग काम गरिरहेको बताएको छ।
प्रतिक्रिया