रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गत शनिबार इजरायलबाट पश्चिम किनारा (वेस्ट बैंक)मा ३३ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न सहयोग गरेको बताएको छ।
बन्दीहरूलाई बोकेको यात्रीयान सवारी साधन (बस) आइतबार बिहान पश्चिम किनारा (वेस्ट बैंक)को अल बिरेहमा आइ पुगेको एसोसिएटेड प्रेसले बताएको छ । मानवीय विरामको दोस्रो दिन शनिबार उत्तरी गाजामा ६१ वटा राहत सामग्रीहरु लिएर आएका माल बाहक गाडीहरु पुर्याइएको छ ।
जुन अक्टोबर ७ पछिको सबैभन्दा ठूलो संख्या भएको मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालयले जनाएको छ ।
सहायतामा खाना, पानी र आपतकालीन चिकित्सा आपूर्ति, साथै ११ वटा रुग्ण वाहिनी( एम्बुलेन्स)हरू अल शिफा अस्पतालमा उद्धारमा मद्दत पुर्याइएको छ ,
शनिबार झण्डै २०० भारबाहक सवारी साधन तथा१२९,००० लिटर इन्धन गाजामा प्रवेश गरेको छ।
प्रतिक्रिया