हमासद्वारा शनिबार अवेर १३ इजरायली तथा ४ थाई नागरिक रिहा 

इनेप्लिज २०८० मंसिर ९ गते २२:३२ मा प्रकाशित

हमासले शनिबार अबेर राति गाजामा १३ जना इजरायली तथा ४ थाई नागरिकलाई रिहा गरेको इजरायली रक्षा बलले जनाएको छ।

स्थानीय समय अनुसार  शनिबार राति रेडक्रसको रक्षादलद्वारा बन्धकहरूको एउटा समूहलाई गाजाबाट निस्किएको देखिएको सिएनएनले जनाएको छ । 

इजरायल रक्षा बलका अनुसार रेडक्रसले गाजा र इजिप्टको बीचमा रहेको नाकामा लिएर गएको पुष्टि गरेको छ ।

हमासले १३ इजरायली र ७ जना विदेशी नागरिकलाई संगठनलाई हस्तान्तरण गरेको बताए पनि कतार र आइडीएफले रिहा भएका विदेशी नागरिकको संख्या ४ मात्र रहेको बताए ।

प्रतिक्रिया