कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार रिहा भएका २४ जना बन्धकहरुमा १३ इजरायली, १० थाई नागरिक र १ फिलिपिनो नागरिक रहेका छन् ।
“रिहा गरिनेहरुमा १३ इजरायली नागरिकहरू छन्, जसमध्ये केही दोहोरो नागरिक छन्, साथै १० थाई नागरिक र एक फिलिपिनो नागरिक छन्,” अल-अन्सारीले सामाजिक सॅजाल एक्स मार्फत जानकारी गराएका हुन ।
इजिप्ट र थाइल्याण्डले सुरुमा १२ जना थाई नागरिकलाई रिहा गर्ने बताएका थिए।
बन्धक सम्झौता वार्तामा कतारी अधिकारीहरूले मुख्य मध्यस्थताको भूमिका खेलेका छन्।
ह्वाइट हाउसका अधिकारीहरूले अहिले वास्तविक समयमा बन्धकहरूको स्थानान्तरणको निगरानी गरिरहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया