युद्धविरामको पहिलो दिन दर्जनौं प्यालेस्टिनीहरू इजिप्टबाट गाजासम्म पुगेका छन् ।
इजरायल-हमास द्वन्द्वका कारण इजिप्टमा फसेका प्यालेस्टिनी व्यक्तिलाई नोभेम्बर २४ मा दक्षिणी गाजाको रफाह सीमानामा अस्थायी युद्धविरामको क्रममा उनीहरुको आगमनमा स्वागत गरिएको छ।
अक्टोबर ७ मा सुरु भएको युद्धपछि इजिप्टमा फसेका कम्तीमा ६७ प्यालेस्टाइनीहरू युद्धविराम लागू भएको केही घण्टापछि शुक्रबार गाजामा फर्किएका छन्।
काइरोमा रहेको प्यालेस्टाइनी दूतावासले बिहीबार सिनाई प्रायद्वीपमा अड्किएका प्यालेस्टाइनीहरूलाई शुक्रबार गाजा जान अनुमति दिइने बताएको छ। इजिप्टका अन्य भागहरूमा रहेका अन्य प्यालेस्टिनीहरूलाई शनिबारदेखि गाजा जान अनुमति दिइनेछ ।
युद्ध सुरु हुनु अघि चिकित्सा उपचारको लागि इजिप्ट गएकी जेनत अल-गिन्डीले रफाह सीमा पार गर्न जानुभन्दा केही समय अघि सीएनएनसँग कुरा गरिन ।
“गाजाको माटो हाम्रो आत्मा हो, यो हामीले सास फेर्ने हावा हो। यो धैर्यताको देश हो। भगवानले चाहे जित हाम्रै हुनेछ,’ उनले थपिन् ।
आफ्नो नाम नखुलाउने एक युवक घर फर्कन चाहन्छन् । “म २२ दिनदेखि मेरो परिवारसम्म पुग्न सकेको छैन। म तिनीहरूलाई घुम्ती (सेल फोन )वा अन्तर्जाल (इन्टरनेट) मार्फत पुग्न सक्दिन। तिनीहरू कहाँ छन्? उनीहरुलाई के भयो? मलाई उनीहरुको बारेमा केही थाहा छैन,’ उनले भने ।
प्रतिक्रिया