हमासका एक नेताले भने : समूह इजरायलसँग “युद्ध विराम सम्झौतामा पुग्न नजिक छ”

इनेप्लिज २०८० मंसिर ५ गते १२:३१ मा प्रकाशित

हमासका एक नेताले समूह इजरायलसँग युद्ध विराम सम्झौतामा पुग्न नजिक भएको बताए ।

हमास इजरायलसँग “युद्ध विराम सम्झौतामा पुग्न नजिक” छ भन्दै हमास नेता इस्माइल हानिएहले संचार माध्यम टेलिग्राममा विज्ञप्तिमा मार्फत उक्त जानकारी गराएका छन् ।

हानिएहले सम्भावित सम्झौताको बारेमा थप विवरणहरू प्रदान नगरेको सिएनएनले जनाएको छ । हमासको वक्तब्य जस्तै ह्वाइट हाउसले पनि त्यस्तै दाबी गरेको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गत सोमबार वार्ताकारहरू हमासद्वारा बन्धकहरूको रिहाईमा ” सम्झौताको अन्तको नजिक पुग्दैछन्” भनि बताए । तर उनले सम्भावित सम्झौताको विवरणमा विस्तार गर्न अस्वीकार गरे।

कतारको मध्यस्थतामा संयुक्त राज्य अमेरिका, इजरायल र हमास बीचको हप्ताको वार्ता पछि यो सम्भव हुन् पुग्न लागेको हो । सम्भवत आजै रिहा हुने सम्भावना रहेको समेत सिएनएनले जनाएको छ ।

प्रतिक्रिया