इजरायलले गाजामा सैनिक कारवाही सुरु गरे देखि उत्तरी गाजामा दुई इजरायल सैनिकको मृत्यु भएको छ भने मारिने सैनिकको कुल संख्या ५८ पुगेको इजरायल रक्षा बलले जानकारी गराएको छ ।
इजरायल रक्षा बलले अक्टोबर ७ यता हमासले दक्षिणी इजरायलमा आक्रमण सुरु गरेपछि कारबाहीमा मारिएका सैनिकहरूको संख्या अध्यावधिक गरेको छ।
आइडीएफले आइतबार उत्तरी गाजामा दुई सैनिकको मृत्यु भएको र शनिबार घोषणा गरेको छ जनाको मृत्यु भएको बताएको छ।
इजरायलले गाजामा आक्रमण सुरु गरेपछि मारिने सैनिकको कुल संख्या ५८ पुगेको छ ।
अक्टोबर ७ मा प्रारम्भिक हमास आक्रमणमा मारिएका ती सैनिकहरू सहित कुल ३८० जना सैनिकहरु मारिएका छन्।
प्रतिक्रिया