गाजामा युद्ध सुरु भएदेखि नै संयुक्त राष्ट्र संघका १०० भन्दा बढी कर्मचारीको मृत्यु

इनेप्लिज २०८० कार्तिक २८ गते ११:५५ मा प्रकाशित

गाजामा युद्ध सुरु भएदेखि नै संयुक्त राष्ट्र संघका १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको सहायता सँस्था (एजेन्सी)ले जनाएको छ । गाजामा युद्ध सुरु भएदेखि कम्तिमा १०२ संयुक्त राष्ट्र संघका कर्मचारीहरु मारिएको संयुक्त राष्ट्र सहायता सँस्थाले सोमबार बताएको छ ।

“पछिल्लो २४ घण्टामा गाजा भूभागको उत्तरमा आक्रमणका कारण एक युएनआरडब्लुएका कर्मचारीको उनको परिवारसँग मृत्यु भएको छ ,” जसले गर्दा मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुगेको प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रको राहत र कार्य निकायले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

युद्ध सुरु भएदेखि कम्तिमा २७ कर्मचारी पनि घाइते भएका छन् ।

“यो संयुक्त राष्ट्र संघको इतिहासमा द्वन्द्वमा मारिएका संयुक्त राष्ट्र सहायता कार्यकर्ताहरूको सबैभन्दा धेरै संख्या हो,” युएनआरडब्लुएले भन्यो।

सोमबार विश्वभरका संयुक्त राष्ट्र संघका कार्यालयहरूले आफ्ना झण्डा आधा झुकाएर गाजामा ज्यान गुमाएका आफ्ना सहकर्मीहरूलाई शोक र सम्मान गर्नका लागि संयुक्त राष्ट्रका सबै कर्मचारीहरूले एक क्षण मौनधारण गरेका छन्, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया