युनिसेफद्वारा उग्रवादी समूहलाई बन्धकहरूलाई बिना शर्त रिहाइको  आह्वान 

इनेप्लिज २०८० कार्तिक २४ गते १७:५१ मा प्रकाशित

युनिसेफका प्रमुखले बिहीबार गाजामा बन्धक बनाइएका  सबै बन्धकहरूलाई बिना सर्त रिहा गर्न आह्वान गरेको छ ।

कार्यकारी निर्देशक क्याथरिन रसेलले बालबालिकाको अपहरण भयानक र गम्भीर उल्लंघन हो। हामी बन्धकहरूको बिना सर्त, तत्काल र सुरक्षित रिहाइ र सबै बालबालिकाको सुरक्षाको लागि हाम्रो आह्वानलाई दोहोर्याउँदछौं ,उनले सामाजिक सॅजाल एक्समा  प्रकासित गरेकी छन ।

प्यालेस्टिनी इस्लामिक जिहाद समूह (पीआईजे) को सशस्त्र शाखाले गत बिहीबार मानवीय आधारमा दुई इजरायली बन्धकहरूलाई रिहा गर्न तयार भएको जनाएको छ ।

एक ७७ वर्षीया महिला र १३ वर्षीय किशोरलाई छोडने भन्दै उनिहरुले अॅकियदृश्य( भिडियो) समेत जारी गरेका छन।

प्रतिक्रिया