बिहीबार गाजाबाट झण्डै ७०० विदेशी नागरिक निकालिए
इनेप्लिज
२०८० कार्तिक २४ गते १२:३४ मा प्रकाशित
बिहीबार गाजाबाट झण्डै ७०० विदेशी नागरिकलाई निकालिएको इजिप्टका सीमा अधिकारीले बताएका छन् ।
करिब ६९९ विदेशी नागरिकहरू बिहीबार इजिप्ट आइपुगेका छन् ।
रफाह सीमा नाकाबाट इजिप्ट आई पुगेको सीमा अधिकारीले सीएनएनलाई बताए ।
बिहीबार ८० हजार मानिसहरू उत्तरी गाजाबाट निकासी मार्गबाट निकालिएको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया