बिश्व ब्रह्माण्ड सुन्दरी प्रतियोगिताका मालिकद्वारा प्रतियोगिता सुरु हुनु केही दिन अघि खन्तीखलास(टाट पल्टेको) दर्ता

इनेप्लिज २०८० कार्तिक २४ गते १२:०० मा प्रकाशित

बिश्व ब्रह्माण्ड सुन्दरी(मिस युनिभर्स)( प्रतियोगिताका मालिकले प्रतियोगिता सुरु हुनु केही दिन अघि खन्तीखलास(टाट पल्टेको) दर्ता गरेका छन् ।

मिस युनिभर्स, जेकेएन ग्लोबल ग्रुप(बिश्व समूह)का मालिकले थाई व्यवसायले फक्कड़दास ( टाट पल्टेको ) भएको दाखिला गरे पनि अर्को हप्ताको प्रतियोगिता अगाडि बढ्ने पुष्टि गरेका छन्।

सन् २०२२ मा २० मिलियन डलर( २ करोड डलर)मा मिस युनिभर्स अर्गनाइजेसन किनेको संचार वितरण संस्थाले बिहीबार घोषणा गरेको छ । थाइल्याण्डको टाट पल्टेको अदालतले स्वीकार गरेको “व्यापार पुनर्स्थापना ” को लागी निवेदन पेश गरेको छ भनि सिएनएनले समाचार लेखेको छ ।

आफ्नो संजालस्थल (वेबसाइ)टमा प्रकाशित एक विज्ञप्तिमा जेकेएन ले बिश्व ब्रम्हाण्ड सुन्दरी (मिस युनिभर्स)का प्रशंसकहरूलाई उच्च स्तरको प्राथमिकता रहेको र अर्को शनिबारको अन्तिम चरण (फाइनल )रहने जनाएको छ ।

उक्त संस्थाले नयाँ वित्तीय व्यवस्थाले “मिस युनिभर्स लगायत कम्पनीका सबै व्यवसाय सञ्चालनलाई सहयोग गर्ने” विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया