प्यालेस्टिनी इस्लामिक जिहादले मानवीय आधारमा २ जना बन्धकलाई रिहा गर्न तयार रहेको बताएको छ ।
गाजामा रहेको प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) समूहको सशस्त्र शाखाले मानवीय आधारमा दुई इजरायली बन्धकहरूलाई रिहा गर्न तयार रहेको बिहीबार बताएको छ।
एक ७७ वर्षीया महिला र अर्को १३ वर्षीय किशोरलाई छोड्ने भएका छन् । दुवैलाई गाजामा हमासलाई प्रतिद्वन्द्वी इस्लामी आतंकवादी समूह पिआईजेद्वारा जारी गरिएको अङ्कियदृश्य (भिडियो)मा देखाइएको छ ।
तर सिएनएनले दुई बन्धकहरूको नाम उल्लेख समेत गरेको छैन भने अङ्कियदृश्य (भिडियो )पनि दुई बन्धकहरूको परिवारले उनीहरूको गोपनीयतालाई सम्मान गर्नको लागि अनुरोध गरेपछि देखाएको छैन ।
इजरायल रक्षा बलका प्रवक्ता रियर एड्मर ड्यानियल हगारीले आफ्नो दैनिक साँझको पत्रकार सम्मेलनमा अङ्कियदृश्य (भिडियो)लाई सन्दर्भ गर्दै भने, “हामीले बन्धकहरूलाई फिर्ता गर्ने कुनै पनि मौका गुमाउने छैनौं ।”
प्यालेस्टिनी इस्लामिक जिहादको सैन्य शाखा अल-कुड्स गणका नेता अबु हम्जाले एक बिज्ञप्तिमा एक बन्धकलाई चिकित्सा कारणहरूका लागि र दोस्रोलाई मानवीय कारणले र उमेरको कारण रिहा गर्न तयार रहेको बताएका छन् ।
हम्जाले बन्धकहरूलाई रिहा गर्ने समय वा परिस्थितिबारे विस्तृत रूपमा खुलाएनन्।
प्रतिक्रिया