गाजामा ९२ कर्मचारीको मृत्यु भएको छ : संयुक्त राष्ट्र संघ

इनेप्लिज २०८० कार्तिक २२ गते १२:३२ मा प्रकाशित

गाजामा ९२ कर्मचारीको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ

प्यालेस्टाइन क्षेत्रहरूमा काम गर्ने संयुक्त राष्ट्र संघको प्रमुख संस्था(एजेन्सी)का प्रमुखले बुधबार गाजामा आफ्ना ९२ कर्मचारी मारिएको र युद्धविरामको लागि आह्वान दोहोर्‍याए।

“अब इजरायलमा घृणित आक्रमण र गाजामा क्रूर युद्ध तथा कडा घेराबन्दी भएको १ महिना भइ सक्यो,” फिलीप लाजरिनी, प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य सँस्था (एजेन्सी )निकट पूर्व (युएनआरडब्लुए)) का आयुक्तले सामाजिक संजाल एक्समा प्रकाशन गरेका छन् ।

“गाजामा युएनआरडब्लुए का ९२ सहकर्मी मारिएपछि मलाई धेरै पीडा भएको छ। हामी तिनीहरू बिना कहिल्यै उस्तै हुने छैनौं, “लाजारिनीले भने। “म फेरि पनि मानवताको खातिर युद्धविरामको लागि आह्वान गर्दछु।”

प्रतिक्रिया