मध्य गाजा अस्पतालद्वारा एकै दिनमा १०० भन्दा बढीको मृत्यु भएको दाबी

इनेप्लिज २०८० कार्तिक २१ गते ०:४४ मा प्रकाशित

मध्यवर्ती (सेन्ट्रल )गाजा अस्पतालले एकै दिनमा १०० भन्दा बढीको मृत्यु भएको बताएको छ ।

भारी इजरायली बमबारीको कारण एकै दिनमा मध्य गाजाको अल-अक्सा सहिद अस्पतालका कामदारहरूले एकै दिनमा १०० भन्दा बढीको ज्यान गएको संस्थाको संचार कार्यालयले जनाएको छ।

पृथक रूपमा, पत्रकार हसन एसलेहले सोमबार दर्जनौं घाइतेहरूलाई अस्पतालमा ल्याइएको देखेको सिएनएनले जनाएको छ । गाजामा सञ्चारमा अवरोधका कारण मानिसहरूले आपतकालीन सेवाका लागि बोलाउन र खबर गर्न नसकेपछि अधिकांश निजी गाडी (कार)हरूमा आएका थिए।

रुग्ण वाहिनी (एम्बुलेन्स)हरूले सवारी साधन (कार)हरू पछ्याउँदै बम विष्फोट हुने ठाउँहरूमा र थप हताहतहरू लिएर फर्किरहेको समाचारमा सिएनएनले उल्लेख गरेको छ ।

त्यहाँ अन्त्येष्टि गर्न दिनभरि अस्पताल अगाडि २० वटा भन्दा बढी शवका झोलाहरू पंक्तिमा समेत देखिएको सिएनएनले बताएको छ । त्यसपछि मानिसहरूले ती शवका झोलाहरूलाई भारबाहक गाडी तथा रुग्ण वाहिनी(एम्बुलेन्स)हरूमा गाड्नका लागि लगेका थिए।

प्रतिक्रिया