डिसी महानगर क्षेत्र । अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी(दल)का अध्यक्ष राजेन्द्र लिङ्गदेनले वाशिंगटन डिसीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा आफ्नो मन्तब्य राख्दै देशको वर्तमान स्थितिको मुल्यांकन गर्दै अब अवस्था र व्यवस्था परिवर्तन गर्ने समय आएको दल र आफ्नो ठहर रहेको जनाए ।
उनले भूगोलको नेपाल बाहिर भावनाको नेपाल छ भन्दै गत निर्वाचनमा आफ्नो दलले राम्रो नतिजा हासिल गर्न नसकेको र बिश्वभर यत्रतत्र छरिएर रहेका नेपालीहरुसंग भेटघाट गर्ने ,सल्लाह ,राय ,परामर्श र सुझाब लिने उद्धेश्यले आफू अमेरिकाको भ्रमणमा रहेको बताए ।
उनले आफ्ना कमजोरी सच्याएर अघि बढ्न सकिने भएकोले उपस्थित सबैलाई मार्ग निर्देशन र राप्रपा दल यस्तो हुनु पर्यो भनि उनले सुझाब मागे । उनले आफ्नो मन्तब्यमा ३ दशक देखि पुराना नेताहरु ले नै शाषन र सत्ता चलाई रहेको स्मरण गराए ।
आफूले कहिले भ्रष्टाचार नगरेको एक पैसा पनि कसैको घुस नलिएको भन्दै भ्रष्टाचार निर्मूल गर्न आफू र आफ्नो दल लागि परेको बताए । अब पुरानो शैलीले काम भन्दा पनि देश बिकाश गर्ने हो भने सोचमा परिवर्तन हुनु पर्नेमा जोड दिदै नेपाल बनाउने हो भने आफू सच्चिनु पर्छ ,उनले भने ।
३३ % महिलाको प्रतिनिधित्व हुनु पर्ने र त्यो अनिवार्यता गराउने कुरामा स्पष्ट अडान राखे । भावनाको नेपाल र उसको सहयोग बिना राप्रपा तथा देशले नबन्ने बताए । देश निराशाको अवस्थामा छ र हाम्रा युवा तथा अन्यले देश बनाउन नसक्ने भन्ने हुदै हुदैन । हाम्रो देश किन नबन्ने भनि प्रश्न गरे । उनले आफ्नो जीवनकालमा नेपाल बनाउन सक्छौ भन्दै सबैको सहयोगको लागि आह्वान गरे ।
उनले राप्रपालाई बलियो ,सशक्त बनाउन सबैको साथ र सहयोगको महत्वपूर्ण भूमिका हुने हुनले त्यस्तो अपेक्षा रहेको बताए । उनले तपाईहरुको सुझाब र सल्लाहलाई राम्रो संग सांसदमा राख्न सकिने छ ,उनले भने ।
उनले नेपालमा धार्मिक द्वन्द चर्किएको र सरकारको सक्रिय भूमिकामा कमि देखिएको बताए । देशको अवस्था जे जस्तो भएता पनि अहिले नै निराशा भै हाल्नु पर्ने अवस्था नभएको उनले सबैलाई ध्यानाकर्षण गराए । हाम्रो देश बनाउन सकिन्छ । हाम्रो पौरख र श्रोत साधनबाट नेपाललाई बनाउन सकिने उनले जोड दिए ।
अध्यक्ष लिङ्गदेनले राजनीतिक दल, बिभिन्न राजनैतिक आस्था र विचार भएता पनि एकपटक राप्रपालाई मत दिएर सरकारको नेतृत्वमा पुग्न सहयोग गर्न प्रवासी नेपालीहरुसँग आह्वान र आग्रह गरे ।
उनि राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटनको लागि प्रमुख अतिथिको रुपमा अमेरिका आएका हुन् । डिसीमा भएको अन्तरक्रियामा थुप्रै सहभागीहरुले जिज्ञाशा राख्नुको साथै राप्रपालाई राय,सल्लाह र सुझाव दिएका थिए ।
राप्रपाले राजसंस्थालाई बोकेर हिडेको सवालमा अध्यक्ष लिङ्गदेनले अबको राजसंस्था राप्रपाको मात्र राजा हुँदैनन्, सबैको साझा राजा हुने बताए । साथै उनले बिश्वका कम्तिमा पनि २० वटा सम्बृद्ध राष्ट्रहरुमा राजसंस्था भएको जवाफ भएको दिएका थिए ।
कार्यक्रममा सामाजिक अभियन्ता लोकनाथ तिवारीले कार्यक्रम संचालन गरेका थिए भने प्रारम्भमा परिचयबाट कार्यकम सुरु भएको थियो । अमेरिकाको बिभिन्न शहर तथा राज्यहरुमा अध्यक्ष लिङ्गदेन तथा प्रतिनिधिहरुलाई अमेरिकाको भ्रमणमा ल्याउने जिम्मा पानस अन्तर्राष्ट्रियका अध्यक्ष प्रेम कु श्रेष्ठले गरेका हुन् ।
प्रतिक्रिया