रूस र युक्रेनबीच १००० युद्धबन्दीको आदान प्रदान सुरु भएको छ । उक्त जानकारी एक वरिष्ठ युक्रेनी अधिकारीले शुक्रबार दिएका छन्। यद्यपि साटासाट पूर्ण रूपमा सम्पन्न नभएको बताइँदा पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “ठूलो सफलता” भन्दै बधाई दिएका छन्।
ट्रम्पले सामाजिक संजाल ट्रुथ सोसलमा लेखे, “रूस र युक्रेनबीच ठूलाे युद्धबन्दी साटासाट सम्पन्न भयो। यसले अब प्रभावमा आउनेछ। उनले दुबै पक्षलाई बधाई दिएका छन् ।
यो घटनाक्रम गत शुक्रबार टर्कीमा दुबै पक्षबीच भएको प्रत्यक्ष वार्तापछि आएको हो, जहाँ युद्ध सुरु भएयता पहिलोपटक उनीहरू भेटिएका थिए। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सामाजिक संजाल एक्समा लेखेका छन्, “रूसी नियन्त्रणबाट हाम्रो १००० नागरिक मुक्त गर्न सहमति हुनु वार्ताको प्रमुख ठोस उपलब्धि हो।”
यसैबीच राष्ट्रपति ट्रम्पले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग दूरभाष( टेलिफोन) वार्ता गरेका थिए। ट्रम्पले वार्ता धेरै सकारात्मक भएको बताएका थिए।
उनले थपे, “रूस र युक्रेन अब युद्ध अन्त्य गर्ने र युद्धविरामका लागि वार्ता सुरु गर्नेछन्। उनीहरूबीचका शर्तहरू उनीहरू आफैं मिल्नेछन् ।
यता, पुटिनले पनि युद्धविराम सम्भव भएको बताउँदै ‘दुवै पक्षलाई सन्तुष्ट पार्ने सम्झौताहरू खोज्नुपर्ने’ बताएका छन्। तर क्रेमलिनका प्रवक्ताले भने हालसम्म नयाँ शान्ति वार्ताका लागि कुनै मिति तय नभएको स्पष्ट पारेका छन्।
प्रतिक्रिया