ट्रम्प प्रशासनको हार्वर्ड अन्तर्राष्ट्रिय विद्यार्थी प्रतिबन्धमा अमेरिकी सॅघिय न्यायाधीशद्वारा अस्थायी रोक

इनेप्लिज २०८२ जेठ १० गते १६:३३ मा प्रकाशित

अमेरिकी संघीय न्यायाधीश एलिसन बरोसले ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयमाथि लगाइएको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रतिबन्धमा अस्थायी रोक लगाएकी छन्।

यो निर्णय राष्ट्रकै सबैभन्दा पुरानो र धनी विश्वविद्यालय हार्वर्डले शुक्रबार अदालतमा मुद्दा हालेको केही घण्टापछि आएको हो। 

हार्वर्डले अमेरिकी सरकारको विचारधारात्मक माग अस्वीकार गरेपछि विद्यार्थी तथा विनिमय कार्यक्रम (एसइभिपि) को प्रमाणपत्र खारेज गर्नु “प्रतिशोधको स्पष्ट कार्य” भएको दाबी गरेको छ।

हार्वर्डले दायर गरेको अर्को मुद्दामा पनि न्यायाधीश बरोसले सुनुवाइ गर्दै आएकी छन्, जहाँ विश्वविद्यालयले ट्रम्प प्रशासनले संघीय स्तरमा रोकिएको २.६५ बिलियन डलरको कोषमाथि आपत्ति जनाएको छ।

नयाँ मुद्दामा हार्वर्डले अमेरिकी गृह सुरक्षा मन्त्रालयअन्तर्गतको एसइभिपि प्रणालीबाट विद्यालयलाई हटाउने निर्णय गैरकानुनी भएको भन्दै अदालतमा चुनौती दिएको हो।

प्रतिक्रिया