हार्वर्डद्वारा अन्तर्राष्ट्रिय विद्यार्थी प्रतिबन्धको मुद्दामा ट्रम्प प्रशासनविरुद्ध फेरि मुद्धा 

इनेप्लिज २०८२ जेठ १० गते १३:०४ मा प्रकाशित

हार्वर्ड विश्वविद्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध अर्को मुद्दा दायर गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने निर्णयलाई असंवैधानिक करार दिएको छ।

 विद्यालयले यो कदमलाई “ह्वाइट हाउसको राजनीतिक माग अस्वीकार गरेबापतको प्रतिशोध” भनेको छ।

शुक्रबार बोस्टनस्थित संघीय अदालतमा दायर मुद्दामा हार्वर्डले सरकारको यो कदम पहिलो संशोधनको उल्लंघन भएको बताएको छ ।

उक्त निर्णयले “हार्वर्ड र ७,००० भन्दा बढी प्रवेशाज्ञ्( भिसा) भएका विद्यार्थीहरूका लागि तत्काल र विनाशकारी असर” पार्ने दाबी गरेको छ।

“कलमको एक धक्काले सरकारले हार्वर्डको एक चौथाइ विद्यार्थी जनसंख्या—अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई—मेटाउने प्रयास गरेको छ,” विद्यालयको मुद्दामा भनिएको छ। 

हार्वर्डका अनुसार, उनीहरूको झण्डै २५% विद्यार्थीहरू अन्तर्राष्ट्रिय हुन्।

हार्वर्डले अस्थायी रोक आदेको लागि निवेदन दिने तयारी पनि गरेको छ ताकि गृह बिभागले उक्त निर्णय कार्यान्वयन गर्न नपाओस्।

हार्वर्डमा लगभग ६,८०० विदेशी विद्यार्थी अध्ययनरत छन्, अधिकांश स्नातकोत्तर तहका हुन् र ती विद्यार्थीहरू १०० भन्दा बढी देशहरूबाट आएका हुन्।

यो मुद्दाले राष्ट्रपति ट्रम्पको प्रशासन र प्रमुख शैक्षिक संस्थाबीचको तनावलाई थप उजागर गरेको छ।

प्रतिक्रिया